राप्रपा नेता दीपक बोहोरालाई पुत्रीशोक

राप्रपाका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा र साहित्यकार उन्नती बोहरा शीलालाई पुत्रीशोक परेको छ । बोहोराकी एक मात्र छोरी चाँदनी जेनी बोहोरा ग्यारेटको ४६ वर्षको उमेरमा निधन भएको हो ।

चाँदनी मिस युनिभर्स २०२३ बिजेता जेनी दीपिका ग्यारेट, ज्योतिका ग्यारेट र जोसाय ग्यारेटकी आमा हुन् । अमेरिकन नागरिकसँग बिहे गरेकी जेनीका दुई छोरी र एक छोरा छन् । दीपकको रुपन्देही घर भएपनि अहिले काठमाडाैंमै बसेका छन् ।

अहिले जेनी पनि श्रीमान र बच्चाबच्चीसहित काठमाडाै‌ं बालुबाटारमा बसेको बेला एक्कासी बिरामी परेर मृत्यु भएको दीपकका निजी सचिव शंकर खत्रीले जानकारी दिएका छन् । उनको शनिबार साँझ ४.३० बजे पशुपति आर्यघाट बिद्युत शबदाह गृहमा गरिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार