भानु जयन्तीको पूर्वसन्ध्यामा प्रतियोगात्मक महिला कविगोष्ठी आयोजना

काठमाडौं । २१३ औँ भानु जयन्तीको पूर्वसन्ध्यामा प्रतियोगात्मक महिला कविगोष्ठी आयोजना गरिएको छ । लायन्स क्लब अफ काठमाडौ होली स्माईल र युराशिया रेयुकाई ११ औँ शाखाले संयुक्त रुपमा उक्त कविगोष्ठी आयोजना गरेको हो ।

कविगोष्ठीमा ३० भन्दा बढी कविले आ–आफ्ना कविता सुनाएका थिए । प्रतियोगात्मक महिला कवि गोष्ठीमा अनुश्री आचार्य प्रथम भइन् भने अम्बिका नेपाली दोस्रो, सुमित्रा बजगाईं तेस्रो र ललिता दोषि चौथो भएकी थिइन् । बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि युराशिया रेयुकाई ११ औँ शाखाका जिम्मेवार शिबुचो रोशनकृष्ण न्याछ्यौँ र लायन्स क्लब अफ काठमाडौं होली स्माईलकी अध्यक्ष रुपा कार्कीले नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरिन् ।

प्रतियोगिताको निर्णयक मण्डलमा साहित्यकारत्रय राजेन्द्र सलभ, भवानी खतिवडा र रञ्जना निरौला रहनुभएको थियो । कविगोष्ठीमा कविता वाचन गर्ने कविहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । यस्तै सोमबार २१३ औँ भानु जयन्ती विविध कार्यक्रम गरि मनाईँदैछ ।

सम्बन्धित समाचार

ताजा समाचार