गृहमन्त्रीको सन्देशः नियम सबैका लागि समान, आफ्नै गाडीको कालो सिसा हटाउन दिए निर्देशन

काठमाडौं । सार्वजनिक तथा निजी सवारीसाधनमा जडान गरिएका कालो सिसाविरुद्धको अभियानलाई प्रभावकारी बनाउन गृहमन्त्री सुधन गुरुङले ट्राफिक प्रहरीलाई कडा निर्देशन दिएका छन्। सोमबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय पुगेर उनले अभियानमा कुनै पनि प्रकारको भेदभाव नगर्न आग्रह गर्दै आफ्नै गाडीबाट नियम कार्यान्वयन सुरु गर्न निर्देशन दिएका हुन् ।

ट्राफिक कार्यालयका एसएसपी सुरेश काफ्ले लगायतका अधिकारीहरूसँगको छलफलमा गृहमन्त्रीले, “मेरो गाडीमा रहेको कालो सिसा पनि हटाइदिनुस्,” भन्दै आफूलाई पनि नियमको दायराभन्दा बाहिर नराख्न स्पष्ट निर्देशन दिए।

हालसम्म उच्च पदस्थ व्यक्तिहरूले प्रयोग गर्ने सवारीसाधनमा कालो सिसा राख्ने चलन देखिँदै आएको थियो। तर, प्रायः आफ्नै निजी गाडी प्रयोग गर्ने गृहमन्त्री गुरुङले आफ्नो सवारीमा रहेको कालो सिसा पनि हटाउन भनेपछि अभियानलाई समान रूपमा लागू गर्ने सन्देश गएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय का एक अधिकारीका अनुसार गृहमन्त्रीले प्रयोग गरिरहेको गाडीको कालो सिसा पनि अब हटाइनेछ। यससँगै ट्राफिक प्रहरीले कालो सिसाविरुद्धको अभियानलाई अझ तीव्र बनाउने तयारी गरेको जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार