ई–भोटिङ तयारी अपूरो, रास्वपा महाधिवेशन थप लम्बिने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा उम्मेदवारको अन्तिम सूची समयमै सार्वजनिक नहुँदा विद्युतीय मतदान प्रक्रिया ढिलिने भएको छ।

निर्वाचन आयोगले बिहान मतदान सुरु गर्ने जनाएको भए पनि हालसम्म उम्मेदवारको प्रारम्भिक तथा अन्तिम नामावली सार्वजनिक गर्न सकेको छैन। अन्तिम सूची र उम्मेदवारको फोटो प्राप्त भएपछि मात्रै ई–भोटिङ मेसिनमा विवरण अपलोड गर्न सकिने जनाइएको छ।

ई–भोटिङ प्रणालीका संस्थापक राम रिमालका अनुसार सूची अपलोड गर्न ४–५ घण्टा लाग्नेछ भने एक मतदाताले मतदान गर्न करिब १५–१८ मिनेट समय लाग्नेछ।

करिब ४ सय जनाले उम्मेदवारी दर्ता गराएको बताइए पनि आयोगले आधिकारिक संख्या सार्वजनिक गरेको छैन। मतदान ढिलिएसँगै मंगलबारसम्मका लागि तय गरिएको महाधिवेशन एक दिन थप लम्बिने निश्चित भएको छ। पहिलो चरणमा ९९ केन्द्रीय सदस्य र त्यसपछि पदाधिकारी चयनका लागि मतदान हुनेछ।

सम्बन्धित समाचार

ताजा समाचार