नयाँ चलचित्र ऐनलाई समयसापेक्ष र व्यवहारिक बनाउन सरकार प्रतिवद्धः सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नयाँ चलचित्र ऐनलाई समयसापेक्ष, व्यावहारिक र चलचित्रकर्मीहरूको चाहनाअनुरूप निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रको विकासका लागि मौजुदा ऐनमा सुधार आवश्यक रहेको औँल्याएका हुन् । सञ्चारमन्त्री तिमिल्सिनाले चलचित्रले कुनै पनि राष्ट्रको आत्मा र समाजको मनोदशा प्रतिविम्बित गर्ने उल्लेख गरे । चलचित्र क्षेत्रका समस्या, चुनौती र अपेक्षाहरूप्रति सरकार अत्यन्तै गम्भीर रहेको स्पष्ट पार्दै उनले यस क्षेत्रको सुधारका लागि सरोकारवालाहरूसँग बृहत्तर छलफल गरेर अगाडि बढ्न आफू तयार रहेको बताए ।
उनले भने, ‘वास्तवमा चलचित्रले सम्बन्धित राष्ट्रको आत्मा र समाजको मनोदशा बोलिरहेको हुन्छ । यसले देशको भविष्यको एक प्रकारको कल्पना समेत गरिरहेको हुन्छ । नयाँ चलचित्र ऐन समयसापेक्ष र व्यावहारिक हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ । यो ऐन सरकारलाई भन्दा बढी चलचित्र क्षेत्रलाई चाहिएको हो, त्यसैले यसलाई सोही क्षेत्रको भावना समेट्ने गरी निर्माण गर्न हामी आफ्नो प्रतिवद्धता दोहो¥याउन चाहन्छौँ ।’
मन्त्री तिमिल्सिनाले नयाँ चलचित्र ऐन सरकारको सहजताका लागि नभई समग्र चलचित्र क्षेत्रको हित र आवश्यकताका लागि ल्याउन लागिएको प्रष्ट पारेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार