काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले सरकारका गतिविधिहरुले राम्रो संकेत नदिएको टिप्पणी गरेका छन् । कर्मचारीहरुलाई आतंकित गर्ने, अपमान गर्ने, अपशब्दहरु प्रयोग गर्ने खालका सरकारका गतिविधिहरुले राम्रो संकेत नगरेको उनको जिकिर थियो ।
बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पोखरेलल प्रधानमन्त्री बालेन्द्र साहको राष्ट्रघाती अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने अडान पनि दोहो¥याए । उनले बीवाईडीमा करछली भएको भन्दै संसदीय छानविन समिति गठन गरी त्यसको तथ्य बाहिर ल्याउन पनि सरकारसँग माग गरेका छन् ।
सांसद पोखरेलले भने,‘यो सरकार सनकको आधार अगाडि बढयो भने यो कुनै राम्रो ठाउँमा पुग्दैन । देश निर्माणको बोटामा पुग्दै पुग्दैन । यो दुर्घटनाको बाटोमा जान्छ । त्यसैले म सरकारलाई सम्माननीय सभामुखमार्फत आग्रह गर्न चाहन्छु–कि यो कर्मचारीहरुलाई आतंकित गर्ने, अनुसन्धान गर्नुहोस त्यसमा कोहीवात छैन । तर आतंकित गर्ने, अपमान गर्ने, अपशब्दहरु प्रयोग गर्ने यस प्रकारका गतिविधिहरु जुन देखिएका छन । कर्मचारीमाथि जुन प्रकारको आतंक मच्चाइएको छ । यो निश्चित पनि राम्रो कुरा होइन । राम्रो संकेत होइन यो । हामी नायक दलहरु हौ । हामीले सात सालको क्रान्तिको नेतृत्व ग¥र्यौ । २०४६ सालको आन्दोलन नेतृत्व गरियो, २०६२÷६३ को आन्दोलनको नेतृत्व गरियो । कुनै समिति वा आयोग बनाएर यो संविधान जारी भएको होइन । संविधानसभाबाट संविधान बनाउने शक्ति हौ हामी सभामुख महोदय । प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र वीवाईडी प्रकरणको छानविन गर्न म हार्दिक आग्रह गर्दछु ।’
सांसद पोखरेलले वर्तमान सरकार सनकका आधारमा अघि बढेकाले यसले मुलुकलाई अघि बढाउने आधार नभएको पनि बताएका छन् ।

