बुधबार सुन-चाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ।

मंगलबार तोलामा तीन सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला एक हजार दुई सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला दुई लाख ९७ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको जनाएको छ।मंगलबार सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी मंगलबार प्रतितोला चार हजार ९ सय ९० रूपैयाँमा कारोबार भएको थियो । तर बुधबार चाँदी तोलामा चार हजार नौ सय ८० रूपैयाँमा किनबेच भइरहेको छ।

सम्बन्धित समाचार

ताजा समाचार