मन्त्री लम्सालको निर्देशनः काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्साल विवादमा परेका छन् । मन्त्रीजस्तो जिम्मेवार पदमा बसेर काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नू भनी सार्वजनिक रूपमा निर्देशन दिएपछि उनी विवादमा परेका हुन्।

आइतबार नागढुंगा-मुग्लिङ सडक योजनाको निरीक्षण क्रममा बिजुलीको पोल नसार्ने ठेकेदारको खुट्टा भाँच्नु निर्देशन दिएका थिए।

उनले यस्तो निर्देशन दिँदा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय र प्रहरी उपरीक्षक सुमित खड्का अगाडि नै थिए।

मन्त्री लम्सालले दिएको निर्देशनको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ।

यिनीहरूको यो जुन पोल छ, बिजुलीको पोलको कन्ट्र्याक्टर कहाँ छ ? यो धर्तीमा कहाँ छ ? त्यसलाई खोजेर यहाँ लिएर आउनू। त्यसलाई पनि यहाँ राख्नू। घर पठाउने होइन। त्यसले काम गरेन भने खुट्टा भाँचिदिनू, मतलब भएन, उनले भने, यिनीहरूले चाँडै भन्दा चाँडै पोल सार्न पर्‍यो। यहाँको पब्लिकले धेरै दुःख पायो। उनीहरूलाई काम गर्न लगाउन पर्‍यो राम्रोसँग। यो पोलको है, बिजुलीको पोलको।

मन्त्री जस्तो जिम्मेवार पदमा बसेर यस्तो निर्देशनपछि मन्त्री लम्सालको तीव्र आलोचना भइरहेको छ।

सम्बन्धित समाचार

ताजा समाचार