हार्डवेयर पसलमा आगलागी

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित एक हार्डवेयर पसलमा आगलागी भएको छ ।

स्थानीय टेकराज ठकुल्लाले सञ्चालन गरेको ‘ठकुल्ला ट्रेडर्स एण्ड हार्डवेयर’ पसलमा विहीबार राति विद्युतको तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ । स्थानीयवासी, प्रहरी तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार