कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी कारागारबाट जेनजी आन्दोलनका क्रममा फरार भएका एक जना कैदीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय सडकपुर कैलालीबाट खटिएको प्रहरीले टोलीले बर्दगोरिया- २ का ३१ वर्षीय राधेश्याम चौधरीलाई बुधवार प्रकाउ गरेको हो। चौधरीलाई प्रहरी टोलीले जिल्लाको लम्कीचुहा नगरपालिका- १० स्थित पिपरहवाबाट नियन्त्रणमा लिएको हो।
चौधरीलाई प्रकाउ गरी कारागार चलान गरेको प्रहरीले जनाएको छ।

