काठमाडौं । गणतन्त्र दिवसका दिन सैनिक मञ्च टुँडिखेलमा सम्बोधन गरिदिन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाएका छन् ।
मन्त्रिपरिषद्को बैठकले निर्णय गर्दै गणतन्त्र दिवसमा बोलिदिन प्रधानमन्त्री कार्यालयको पत्र राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको हो ।
पत्रमा गणतन्त्रको प्रतीक नै राष्ट्रपति हुने भएकोले सम्बोधन गरिदिन अनुरोध गरिएको पत्र शीतलनिवास पुगेको हो ।प्रधानमन्त्री भएदेखि नै बालेनले सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेका छैनन् ।

