सुनको भाउ फेरी ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको भाउ आज बढेको छ । सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेर २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसयी महासंघले जनाएको छ । हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाउ तोलाको २ लाख ९४ हजार रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने ४० रुपैयाँले घटेको छ । चाँदीको भाउ तोलामा ४० रुपैयाँले घटेर ५ हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ६० रुपैयाँ थियो ।

सम्बन्धित समाचार

ताजा समाचार