काठमाडौं । धोबीखोला कोरिडोरमा रहेको साततले घर भत्काउन थालिएको छ । सरकारी जग्गाको केही क्षेत्र अतिक्रमण भएको भन्दै काठमाडौं महानगरपालिकाको डोजरले केहि बेरअघि घर भत्काउन सुरु गरेको हो ।
अहिले त्यहाँ प्रहरी र नगरप्रहरी व्यापक संख्यामा परिचालित गरिएका छन् । यस घरबाट रेस्टुरेन्ट, स्पा, कन्सल्टेन्सी लगायत थुप्रै व्यवसायहरु सञ्चालनमा रहेका छन् । घर धनीले आफूसँग जग्गाको लालपूर्जा रहेको बताउँदा बताउँदै पनि काठमाडौं महानगरपालिकाले उक्त घर भत्काएको हो ।

