सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेका छन् । सोमबार बिहान सिंहदरबारमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरिएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिएका छन् ।
‘बिहान ११ बजे प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आह्वान भएको महासचिव पाण्डेले बताएका हुन् पाण्डेका अनुसार सोमबार दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभा बैठकको कार्यसूचीबारे छलफल हुनेछ । यसैगरी, कार्यव्यवस्था परामर्श समिति गठन र प्रतिनिधि सभा नियमावली परिमार्जन समिति गठनबारे पनि सर्वदलीय बैठकमा छलफल हुने पाण्डेले बताएका छन् ।

