सदनको मर्यादा कायम हुनेगरी काम हुन्छः नवनिर्वाचित सभामुख अर्याल

नवनिर्वाचित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सदनको मर्यादा कायम हुनेगरी आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सभामुख निर्वाचित भएलगत्तै संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको संक्षिप्त जवाफ दिँदै उनले संविधान र कानूनको पालना गर्दै सबै सांसदहरुको सम्मान हुनेगरी आफू अघि बढ्ने प्रतिकृया दिएका छन् । नवनिर्वाचित सभामुख अर्यालले आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने बताएका हुन् ।

संविधान, कानून राम्रोसँग हेरेको छु भन्दै उनले त्यसलाई पालना गरेर सबै माननीय ज्यूहरुलाई सम्मान हुने किसिमबाट सदनको मर्यादा कायम हुने किसिमबाट काम हुने बताएका छन् । सदनमा निष्पक्ष भूमिका निर्वाह हुनुपर्छ र हुन्छ भन्दै नवनिर्वाचित सभामुख अर्यालले संविधान र कानूनको ज्ञान आफूलाई राम्रोसँग भएकाले संसदलाई सोहीअनुसार अघि बढाउने बताएका छन ।

सम्बन्धित समाचार

ताजा समाचार