मध्य पूर्वमा ठूलो संख्यामा सेना तैनाथ गर्दै अमेरिका

अमेरिकाले मध्य पूर्वमा ठूलो संख्यामा आफ्ना सैनिक तनाथ गर्ने तयारी गरेको छ । जसलाई इरानसम्बन्धी सम्भावित अपरेशनका लागि परिचालन गरिने जनाइएको छ । संयुक्त राज्य अमेरिकाको सेनाको 82nd Airborne Division अन्तर्गतका करिब १,००० सैनिकहरू आगामी केही दिनभित्र मध्यपूर्वमा पठाइने अपेक्षा गरिएको छ स्रोतलाई उदगृद गर्दै सीएनएनले समाचार लेखेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले इरानसँग द्वन्द्व अन्त्य गर्न वार्ता भइरहेको बताइरहेको बेला यसले क्षेत्रमा सैन्य शक्ति थपिएको देखाउँछ ।

 

यस टोलीमा डिभिजनका कमाण्डर मेजर जनरल ब्रान्डन टेग्टमियर, डिभिजन स्टाफ, साथै फस्ट ब्रिगेड कम्ब्याट टिमको एक बटालियन समावेश छन् । जुन हाल डिभिजनको तत्काल प्रतिक्रिया बल (Immediate Response Force) को रूपमा काम गरिरहेको छ । एक स्रोतका अनुसार प्रारम्भिक टोली एक हप्ताभित्र तैनाथ हुन थाल्नेछ । ब्रिगेडका अन्य तत्वहरू पनि पछि पठाइने अपेक्षा गरिएको छ, तर परिस्थितिअनुसार योजना परिवर्तन हुन सक्छ ।

यो ब्रिगेड मध्यपूर्वमा ‘तत्पर इकाइ’ का रूपमा रहनेछ, आवश्यक परे तत्काल प्रयोग गर्न सकिनेछ । डिभिजनले सन् २०२० मा इरानी कमाण्डर कासिम सुलेमानीको हत्या पछि पनि यस्तै तैनाथी गरेको थियो । Immediate Response Force भनेको यस्तो ब्रिगेड हो जुन छोटो सूचनामै केही घण्टाभित्रै तैनाथ हुन सक्ने द्रुत प्रतिक्रिया बल हो । यो जिम्मेवारी अमेरिकी सेनाका विभिन्न ब्रिगेडहरूबीच पालैपालो दिइन्छ । पहिलो स्रोतका अनुसार हालसम्म औपचारिक आदेश जारी भइसकेको छैन, तर चाँडै आउने अपेक्षा गरिएको छ ।

राष्ट्रपति ट्रम्पले सोमबार अमेरिका र इरानबीच द्वन्द्व अन्त्य गर्न १५ बुँदामा सहमति भएको बताएका थिए र इरानले सम्झौता गर्न चाहेको बताएका थिए । यद्यपि, इरानले यसअघि कुनै वार्ता नभएको दाबी गरेको थियो । तर मंगलबार एक इरानी स्रोतले दुवै देशबीच ‘सम्पर्क’ भइरहेको र इरान ‘दीर्घकालीन समाधान’ सुन्न तयार रहेको जनाएको छ । वार्ता भइरहे पनि, हजारौँ अमेरिकी सैनिकहरू थप रूपमा यस क्षेत्रमा पठाइँदै छन् ।

हालै दुई समुन्द्री अभियान इकाइहरु र जल–थल दुबै माध्यममा परिचालन हुने समूह पनि मध्यपूर्वतर्फ पठाइएका छन्, जसले ठूलो सैन्य शक्ति थपेका छन् । रिपोर्ट अनुसार बक्सर एम्फिवियस ग्रुपलाई इन्डो प्यासिफिकबाट छिटो मध्यपूर्वतर्फ सारिएको छ, जहाँ ट्रिपोलि एम्फिवियस ग्रुप पनि तैनाथ भइरहेका छन् । यी समूहहरूमा प्रत्येकमा करिब ४,५०० समुन्द्री सैनिक र नौसेनाका सदस्यहरू हुन्छन् र यसमा जमिनमा लडाइँ मात्र नभई उड्डयन र रसदसम्बन्धी व्यापक क्षमता पनि हुन्छ ।

सम्बन्धित समाचार

ताजा समाचार