एमाले गण्डकीका जिल्ला अध्यक्षहरूले चलाउन थाले पार्टी पुनर्गठनको बहस,

प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले पराजय व्यहोरेपछि गण्डकीका जिल्ला अध्यक्षहरूले पार्टी पुनर्गठनको बहस चलाउन थालेका छन्।केही दिनअघि गण्डकीका जिल्ला अध्यक्षहरू भेला भएर पार्टी पुनर्गठनबारे समान धारणा तय गरेको स्याङ्जा अध्यक्ष सूर्यप्रकाश गैरे पारसले जानकारी दिएका छन्।उनका अनुसार भेलामा एमाले पर्वत अध्यक्ष गोविन्द गिरी पहाडी, तनहुँ अध्यक्ष हरिराज कँडेल, मुस्ताङ अध्यक्ष दीपक लालचन, कास्की अध्यक्ष बैनबहादुर क्षेत्री, म्याग्दी अध्यक्ष बालकृष्ण सुवेदीलगायत थिए।

मनाङ अध्यक्ष पोल्देन छोपाङ गुरूङ भने उपस्थित थिएनन्। भेलाले चार बुँदे समान धारणा तय गरेको स्याङ्जा अध्यक्ष सूर्यप्रकाशले सामाजिक सञ्जाल फेसबुकमार्फत् बताएका छन्।उनका अनुसार सामूहिक छलफलमा पार्टीको केन्द्रदेखि स्थानीय तहसम्म परिस्थितिको वस्तुनिष्ठ समीक्षाको जरूरी आवश्यकता रहेको निष्कर्ष निकालिएको छ। समीक्षाको थालनी यथाशीघ्र माथिबाट गर्नुपर्ने निचोडमा उनीहरू पुगेका छन्।

 

सम्बन्धित समाचार

ताजा समाचार