समानुपातिक सूचीबाट नाम हटेपछि सत्यकला राईः “यो अन्त्य होइन, नयाँ सुरुवात हो”

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीबाट नाम हटाइएपछि आदिवासी जनजाति महिलातर्फ आन्तरीक मतदानमा सर्वाधिक १४ हजार २०१ मत ल्याएकी उम्मेदवार सत्यकला राईले पार्टीप्रति धन्यवाद व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै राईले आफू “राष्ट्र पहिलो” को मान्यतासहित सीमा सुरक्षा, पहाडमा एकीकृत बस्ती विकास, अर्गानिक कृषि प्रवद्र्धन र स्वदेशमै रोजगारी सिर्जनालाई केन्द्रमा राखेर अघि बढेको उल्लेख गरेकी छन् । सूचीमा नाम अन्तिमतिर राखिएकोप्रति असन्तुष्टि जनाउँदै उनले अन्ततः आफ्ना भावनालाई बुझेर पार्टीले नाम हटाइदिएको भन्दै आभार प्रकट गरेकी छन् ।

साथै, संसदमा पुग्ने रास्वपाका प्रतिनिधिहरूलाई यी विषयहरू सशक्त रूपमा उठाउन आग्रह गरेकी छन्। आफ्नो निर्णयप्रति शुभचिन्तकहरू असन्तुष्ट भए पनि यो अन्त्य नभई नयाँ सुरुवात भएको राईको भनाइ छ ।

सम्बन्धित समाचार

ताजा समाचार