खेलकुद मन्त्री बब्लु गुप्ताको राजीनामा

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन् । कात्तिक ९ गते मन्त्री नियुक्त भएका गुप्ताले करिब छोटो कार्यकालमै पद त्यागेका हुन् । पछिल्लो समय अमेरिका भ्रमणको विषयलाई लिएर चर्किएको विवादपछि उनले राजीनामा दिएको स्रोतले जनाएको छ ।

मन्त्री गुप्ताको अमेरिका भ्रमण सरकारी आवश्यकता र प्रक्रियाभन्दा बाहिर रहेको भन्दै आलोचना हुँदै आएको थियो । सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म उनको भ्रमण योजनालाई लिएर प्रश्न उठेपछि सरकारमाथि समेत दबाब बढेको थियो । सोही विषयले प्रधानमन्त्री सुशीला कार्कीसमेत असन्तुष्ट बनेकी थिइन् ।

प्रधानमन्त्री कार्कीले मन्त्रीहरूलाई अनावश्यक विदेश भ्रमण नगर्न र काममा केन्द्रित हुन निर्देशन दिएकी थिइन् ।

सम्बन्धित समाचार

ताजा समाचार