राष्ट्रिय सभाको चालु अधिवेशनको पहिलो बैठक सकियो

काठमाडौं । शोक प्रश्ताव पारित गर्दै राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आईतवार सिंहदरबारमा बसेको चालु अधिवेशको पहिलो बैठक शोक प्रश्ताव पारित गरेको सकिएको हो ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराएका छन् । साथै राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रश्ताव प्रश्तुत गरे । प्रश्तावलाई सभाले सर्वसम्मत पारित गर्दै उनको निधनमा एक मिनेट मौनधारण समेत ग¥यो ।

शोक प्रश्ताव पारित भएसँगै राष्ट्रिय सभाको अर्को बैठक माघ ९ गतेका लागि बोलाइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार