मकर सङ्क्रान्तिले स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस्प्रः प्रधानमन्त्री कार्की

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले माघी, मकर सङ्क्रान्ति पर्वले सबैलाई एकताबद्ध भई शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले बिहीबार स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दै हामीबिच अझ बढी एकता, सद्भाव र आपसी विश्वासको खाँचो भएको बताइन् ।

“आज माघ १ माघी, मकर सङ्क्रान्ति, माघे सकराती, नाम फरक भए पनि यसको आत्मा एउटै छ, “प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको शुभकामना भनिएको छ, “हामी नेपालीबिच प्रेम, सद्भाव, सहिष्णुता र एकताको भावना मजबुत बनाउने पर्व हो ।”

सम्बन्धित समाचार

ताजा समाचार