विशेष महाधिवेशन पार्टी र मुलुकको हितमा छैन, नेतृत्वको कारण पार्टी फुट्दैनः काँग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफूहरुले पार्टी एकतावद्ध भएर जाओस् भन्ने चाहेको बताएका छन् । मंगलवार केन्द्रिय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संस्थापन पक्षले पार्टीलाई एकतावद्ध बनाउन निकै लचकताका साथ संवाद गरिरहेको उल्लेख गर्दै पार्टी नेतृत्वको कारण पार्टी विभाजित नहुने स्पष्ट पारे । उनले काठमाडौंमा जारी दोस्रो महाधिवेशन पार्टी र मुलुकको हितमा नरहेको टिप्पणी पनि गरे ।

उनले भने, ‘हामी पार्टी एकतावद्ध भएर जाओस् भन्ने चाहन्छौँ । कुरा पनि भइरहेको छ । र हाम्रो कारणले, पार्टी नेतृत्वको कारणले पार्टी फुट्दैन । पार्टी विभाजन हुँदैन । त्यो पार्टीको हितमा छैन, नेपाली जनताको हितमा छैन र नेपालको हितमा छैन । त्यसकारण हामी एकदमै लचकताका साथ संवाद गरेर पार्टीलाई एकजुट बनाउन कोशिस गरिरहेका छौँ । उहाँहरुले पनि त्यही लचकताका साथ आउनुप¥यो ।’

उनले पार्टी एकतालाई जोगाइराख्न विशेष महाधिवेशन पक्षधरलाई लचकता अपनाउन अपिल समेत गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार