काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य लगातार बढ्दै नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ तय गरेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १८०० रुपैयाँले बढेको हो। अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि बढेर प्रतितोला ५ हजार ३४० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको ५ हजार १९५ रुपैयाँभन्दा १४५ रुपैयाँ बढी हो। अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड तोडेपछि नेपालमा पनि यसको प्रभाव देखिएको व्यवसायीहरूले बताएका छन्।

