प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूतको भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले सोमबार सिंहदरबारमा शिष्टाचार भेट गरेका छन् । भेटमा राजदूत बासले नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकोमा कार्कीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

प्रधानमन्त्री कार्कीले नेपाल–इजरायलबीचको ६५ वर्षे मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिन् । राजदूत बासले पनि सम्बन्धलाई नयाँ उचाइमा लैजान इजरायल तयार रहेको बताए ।

भेटका क्रममा श्रम आप्रवासनसम्बन्धी सम्झौता पारित भएकोमा राजदूतले धन्यवाद व्यक्त गरे भने प्रधानमन्त्रीले इजरायलमा नेपालीलाई रोजगारीको अवसर उपलब्ध गराएकोमा आभार प्रकट गरिन् । साथै, प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको जानकारी दिइएको छ । ।

सम्बन्धित समाचार

ताजा समाचार