पार्टी एकतामा आँच आउने काम नगर्न खड्काको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र देखिएको असहज परिस्थितिलाई ध्यानमा राख्दै एकतामा असर पुग्ने कुनै पनि गतिविधि नगर्न सबैलाई आग्रह गरेका छन् ।

उनले आइतबार जारी गरेको विज्ञप्तिमार्फत पार्टीका सबै तह र संरचनालाई जिम्मेवार ढंगले अघि बढ्न आह्वान गर्दै वर्तमान राजनीतिक परिस्थितिमा एकताबद्ध हुनु अपरिहार्य रहेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा खड्काले केन्द्रीय कार्यसमिति, महासमिति, महाधिवेशन प्रतिनिधिदेखि प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडा तहसम्मका नेता–कार्यकर्ता, भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यहरूलाई सम्बोधन गरेका छन् ।

देश विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा पार्टीभित्र उत्पन्न तनाव र असहज अवस्थालाई अन्त्य गर्न सबैको साझा प्रयास आवश्यक रहेको भन्दै उनले एकताको भावनासहित अघि बढ्न आग्रह गरेका छन् ।

पार्टी एकतालाई कमजोर बनाउने कुनै पनि गतिविधि नगर्न अनुरोध गर्दै खड्काले नेपाली कांग्रेसलाई सशक्त र एकताबद्ध बनाउने दिशामा सबैले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार