काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित पार्टीका वरिष्ठ नेताहरू नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सहभागी भएका छन्।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको उद्घाटन समारोहमा महामन्त्रीद्वय थापा र शर्मासँगै पूर्व महामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी, केन्द्रीय सदस्य डा. सुनिलकुमार शर्मा, ध्रुव वाग्ले र प्रदीप पौडेल सहभागी हुन पुगेका हुन्।
उद्घाटन समारोहमा सहभागी सबै नेताहरूलाई अतिथिका रूपमा मञ्चमा आसन ग्रहण गराइएको छ। विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र मतभेद देखिए पनि शीर्ष नेतृत्वको उल्लेख्य उपस्थिति रहेको छ।

