गरिबीको लघुक्षेत्र अनुमान प्रतिवेदन २०८० सार्वजनिक

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले गरिबीको लघुक्षेत्र अनुमान प्रतिवेदन २०८० सार्वजनिक गरेको छ । शुक्रवार सार्वजनिक गरिएको प्रतिवेदनमा स्थानीय तह अनुसारको गरिबीको दर, गरिबीको विषमता र गरिबीको गहनता, गरिब सङ्ख्याको अनुमान गरिएको छ ।

सार्वजनिक गरिएको गरिबीको लघुक्षेत्र अनुमान प्रतिवेदन, २०८० अनुसार स्थानीय तहको गरिबीको दरको विश्लेषण गर्दा ३०९ वटा स्थानीय तहको गरिबीको दर राष्ट्रिय औसत २०.२७ प्रतिसतभन्दा कम र ४४४ ओटा स्थानीय तहको गरिबीको दर राष्ट्रिय औसतभन्दा बढी छ । स्थानीय तहमा गरिबीको दर न्यूनतम १.१८ प्रतिशतदेखि अधिकतम ७७.८९ प्रतिशसम्म रहेको छ ।

त्यस्तै, स्थानीय तहमा सबैभन्दा बढी गरिबीको दर ७७.८९ प्रतिशत जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिकामा रहेको छ भने सबैभन्दा कम अर्थात १.१८ प्रतिशत गरिबीको दर मुस्ताङको घरपझोङ गाउँपालिकामा रहेको छ ।

गरिबीको रेखामुनि रहेको जनसंख्या सबैभन्दा धेरै ५९ हजार २१८ काठमाडौं महानगरपालिकामा रहेको छ । महानगरपालिकामा गरिबीको दर ६.८७ प्रतिशत रहेको छ । प्रतिवेदनअनुसार जिल्ला तहको गरिबी दरको विश्लेषण गर्दा सबैभन्दा धेरै ४९.५८ प्रतिशत सुदूरपश्चिम प्रदेशको अछाममा र सबैभन्दा कम ५.६३ प्रतिशत गण्डकी प्रदेशको कास्कीमा रहेको छ ।

जिल्लागत गरिबीको दरको विश्लेषण गर्दा ३४ जिल्लाको गरिबीको दर राष्ट्रिय औसत २०।२७ प्रतिशतभन्दा कम र ४३ जिल्लाको गरिबीको दर राष्ट्रिय औसतभन्दा बढी रहेको छ ।

 

सम्बन्धित समाचार

ताजा समाचार