प्रचण्डको ‘इन्कलाब’ सायरीकै पंक्तिबाट असन्तुष्टि पोख्दै रहबर अन्सारीको माओवादीसँग विदाइ

काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र वैचारिक असन्तुष्टि सतहमा आउन थालेको संकेत दिँदै मधेश प्रदेशसभा सदस्य रहबर अन्सारीले पार्टी परित्याग गरेका छन्। माओवादी केन्द्रबाट निर्वाचित अन्सारीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै औपचारिक राजीनामा बुझाएका हुन्।

राजीनामा पत्रमा उनले पार्टीले आफ्नो मूल आत्मा गुमाउँदै गएको आरोप लगाएका छन्। “साहस, इमानदारी र जोखिम—यी तीनै मूल्यबाट पार्टी पछि हटिसकेको छ,” भन्दै उनले आफू त्यस्तो विरोधाभासको यात्रामा सहयात्री बन्न नसक्ने स्पष्ट पारेका छन्। अन्त्यमा उनले ‘समाजवादी क्रान्ति जिन्दावाद’ भन्ने नारासहित पार्टी सदस्यताबाट अलग हुने घोषणा गरेका छन्।

रोचक के छ भने, अन्सारीले आफ्नो असन्तुष्टि प्रकट गर्न प्रचण्डले केही दिनअघि मधेशमा आयोजित नेकपा एकता सन्देशसभामा गाएको ‘इन्कलाब’ गीतका हरफ नै स्मरण गराएका छन्। क्रान्ति र परिवर्तनका नाराले भरिएको गीत र व्यवहारबीचको दूरीप्रति संकेत गर्दै उनले राजीनामा दिएका हुन्।

 

सम्बन्धित समाचार

ताजा समाचार