सुदूरपश्चिमः एक महिनासम्म दैनिक ६ घण्टा आवागमन बन्द हुने

कैलाली । सुदूरपश्चिमका तीन जिल्ला जोड्ने सडकमा एक महिनासम्म दैनिक ६ घण्टा आवागमन बन्द हुने भएको छ । पहाडी जिल्ला बैतडी, बझाङ र दार्चुला जोड्ने मध्यपहाडी राजमार्गको स्याउले–अनारखोली खण्ड निर्माण गर्ने प्रयोजनका लागि सवारी आवागमन बन्द गरिने भएको हो ।

स्याउले–अनारखोली खण्ड डडेल्धुरा जिल्लामा पर्छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सूचना जारी गर्दै शनिबारदेखि माघ १९ गतेसम्म दैनिक छ घण्टा राजमार्गमा सवारी आवागमन बन्द रहने जानकारी दिएको छ ।

प्रत्येक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म आवागमन बन्द रहने सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले जानकारी दिए ।

सडक डिभिजन कार्यालय डोटीका अनुसार खसरेखान क्षेत्रमा सडक विस्तारको ठेक्का छ ।

सम्बन्धित समाचार

ताजा समाचार