काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई धारणा माग्दै पत्र पठाएको छ।
प्रारम्भमा दुवै नेताले आफूहरू आन्दोलनका क्रममा सत्तामा नरहेको र आफैं पीडित भएको भन्दै म्याद बुझ्न अस्वीकार गरेका थिए। तर सार्वजनिक सूचना निकालिने चेतावनीपछि उनीहरूले केही घण्टाको अन्तरमा आयोगको पत्र बुझेका हुन्।
आयोगले बयान नभई सोधपुछ तथा धारणा मात्र मागिएको स्पष्ट पारेको छ। हाल दुवै नेताले आयोगमा उपस्थित हुने वा लिखित जवाफ पठाउने भन्ने निर्णय गरिसकेका छैनन्।

