काठमाडौं । प्रधानमन्त्रीको राजीनामा माग गर्दै माइतीघर मण्डलामा अनशन बसेका निकोलस भुसालको स्वास्थ्यमा समस्या आएपछि वीर अस्पताल पुर्याएको छ। ९ दिनदेखि माइतीघरमा अनसन बसिरहेका भूसालको बुधबार दिउँसो स्वास्थ्यमा समस्या आएपछि अस्पताल पुर्याइएको हो।
उनलाई चिकित्सक संघका पहलमा उपचारका लागि लगिएको हो। भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने, जेनजी आन्दोलन क्रममा गोली चलाउनेमाथि कारबाही गर्नुपर्ने लगायतका जेमाग राखेर अनसन बसिरहेका छन्।

