काठमाडौं । काठमाडौंको दरबारमार्गमा कोरियन ब्युटी प्रोडक्ट्सको चर्चित ब्राण्ड ‘ड्रिम स्किन’को नयाँ शोरूमको उद्घाटन भएको छ । नेपालका लागि दक्षिण कोरियाली राजदुत पार्क ताइयोङले शोरुमको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा ब्युटी तथा फेसन क्षेत्रका चर्चित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो भने कोरियन स्किनकेयरप्रति रुचि राख्नेहरूको भीड थियो । ‘ड्रिम स्किन नेपाल’ले लाजिम्पाट र बानेश्वरपछि दरबारमार्गमा आफ्नो तेस्रो शाखा विस्तार गरेको हो । यो शोरूममा १०० प्रतिशत अथेन्टिक कोरियन ब्युटी प्रोडक्ट्स जस्तै स्किनकेयर, मेकअप, के–ब्यूटी आइटमहरू उपलब्ध छन् । विशेषगरी ग्लोइङ स्किन, हाइड्रेसन र एन्टी–एजिङ सम्बन्धी प्रोडक्टहरूमा जोड दिइएको राजदुत ताइयोङले बताएका छन् ।
ड्रिम स्किन नेपालले अनलाइन डेलिभरी र वल्र्डवाइड शिपिङ सुविधा पनि उपलब्ध गराउँदै आएको छ । यो नयाँ शाखाले काठमाडौंको ब्युटी मार्केटलाई थप प्रतिष्पर्धी बनाउने अपेक्षा गरिएको छ । ग्राहकहरूले अब दरबारमार्गस्थित यो शोरूममा गएर आफ्नो ‘ड्रिम स्किन’ प्राप्त गर्न सक्नेछन् ।

