सहमति जुट्न नसकेपछि संस्थापन पक्षीय नेताहरू अलग्गै छलफलमा

काठमाडौं । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न नसकेपछि संस्थापन पक्षीय नेताहरू अलग्गै छलफलमा जुटेका छन् । नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा जारी उक्त छलफलमा केन्द्रिय सदस्यहरूले पार्टीको आन्तरिक जीवनलाई बलियो बनाउनको लागि महाधिवेशनको मिति तोकेर अगाडि बढ्नुपर्ने कुरामा जोड दिएका छन् ।

पार्टीको इतर पक्षले मंसिरभित्रै नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान राखेका छ भने संस्थापन पक्ष निर्वाचनपछि मात्र अधिवेशन धकेल्ने पक्षमा देखिएको छ । छलफलमा तत्काल पार्टीलाई निर्वाचनको तयारीमा केन्द्रित गर्दै सँगसँगै महाधिवेशनको तयारी कसरी अगाडि बढाउने भन्ने विषयमा भइरहेको छलफलमा सहभागि पार्टी केन्द्रिय सदस्य गुरु बरालले बताएका छन् । उनले पार्टीको आन्तरिक जीवनलाई बलियो बनाउने गरी महाधिवेशनको मिति तोकिनुपर्ने पनि बताए। उनले महाधिवेशन र चुनावको तयारी सँगसँगै कसरी गरेर जाने भन्ने विषयमा छलफल भइरहेको बताएका छन् । उनले पछिल्लो समय पार्टी एकदुई जना नेताको बन्धक बनेको भन्दै छलफलबाट केन्द्रिय समितिमा नयाँ प्रश्ताव लैजाने तयारी भइरहेको पनि बताएका छन् ।

उनले भने, ‘पार्टीको आन्तरिक जीवनलाई नै बल्बल्याउनेगरी जसरी प्रयत्न भयो यसलाई देशभरीका केन्द्रीय सदस्य साथिहरुले पार्टीलाई संगठित, बलियो र एक बनाउने कुरामा र पार्टी अग्रगामी छलाङका साथ जाने कुरामा हामीले महाधिवेशनको तिथिमिति तोकेर जानुपर्छ । यस कुरामा हामी प्रष्ट छौं । यो संसद विघटन असंवैधानिक हो । यो हामीेले मानेका छैनौं । तर नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी हो । हामी आवधिक निर्वाचनमा विश्जास गर्छौं । त्यसकारण हामी निर्वाचनलाई नकार्न सक्दैनौं, हामी निर्वाचनमा भाग लिन्छौं । निर्वाचनर महाधिवेशनको तयारी सँगुसँगै कसरी हुनसक्छ ? यो पनि अहम् प्रश्न छ । त्यसकारण पार्टीको १५औं महाधिवेशनको तिथिमित र चुनावको तयारी सँगसँगै कसरी जाने भन्ने विषयमा हामी साथिहरुसँग परामर्श गरिरहेका छौं । पार्टी कार्यसम्पदान समिति अल्मलिएको छ । पार्टी लामो समयदेखि दुई तीन नेताको बन्धक बनेको छ । त्यसकारण हामी आज नयाँको छलफलबाट नयाँ प्रश्ताव लिएर जाँदैछौं ।’

महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न नसक्दा पार्टीको केन्द्रीय समिति बैठक बस्न सकिरहेको छैन । अर्को बैठक मंगलवार दिउँसो १ बजेको लागि बोलाइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार