काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई टीका–जमरा नलगाउने घोषणा गरेका छन्।
दशैंको अवसरमा जारी शुभकामना सन्देशमा उनले राष्ट्र गम्भीर संकट र शोकमा रहेको भन्दै पर्वलाई पारिवारिक र सांस्कृतिक परिधिभित्र मात्र सीमित गर्ने बताएका हुन्।
उनले जनताको आशा–आकांक्षा पुरा गर्न राज्य व्यवस्था समयानुकूल सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै आधुनिक प्रविधि र विश्व संरचनासँग तालमेल मिलाउनु जरुरी रहेको उल्लेख गरेका छन्।
साथै, नवदुर्गा भवानीले सबैलाई सही मार्गमा अगाडि बढाओस् भन्ने शुभकामना पनि दिएका छन्।

