नेपाल प्रहरीमा करिब १६ सय नयाँ भर्ती, असोज १९ देखि आवेदन खुला

काठमाडौं । नेपाल प्रहरीले झन्डै १६ सय पदका लागि नयाँ भर्ना खुला गरेको छ । प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनाअनुसार १,५९४ जनाको दरखास्त आह्वान गरिएको हो।

खुला पदमध्ये प्रहरी जवानतर्फ १,५५३, प्रहरी कार्यालय सहयोगी ९हजाम० ११, कुचीकार १५ र खेलाडी १५ जना रहनेछन्।

प्रहरी जवानका लागि मान्यता प्राप्त विद्यालयबाट कम्तीमा आठ कक्षा पास गरेको शैक्षिक योग्यता आवश्यक छ। सहयोगी ९हजाम, कुचीकार० पदमा भने लेखपढ गर्न जान्ने भए पुग्नेछ।

दरखास्त असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म बुझाउन सकिनेछ। जवान, हजाम र कुचीकारका लागि सातै प्रदेश प्रहरी कार्यालय, सबै जिल्ला प्रहरी कार्यालय तथा काठमाडौं उपत्यकाका तीनवटै परिसरमा फाराम बुझाउन सकिनेछ। खेलाडी पदका लागि भने आवेदन काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मात्र दिने व्यवस्था गरिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार