तुइनखोलाको पहिरो करिब ६० प्रतिशत हटाइयो, आज रातिसम्म सडक खुल्ने अपेक्षा

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डको तुइनखोलामा आएको पहिरोमध्ये करिब ६० प्रतिशत हटाइसकिएको सडक विभागले जनाएको छ।

दुवैतर्फबाट एक्साभेटर, लोडर र ब्याकहो सहित पाँच वटा उपकरण परिचालन गरिएको छ। साँघुरो सडक र ठूला ढुंगाका कारण कठिनाइ भए पनि काम तीव्र रूपमा भइरहेको विभागका प्रवक्ता प्रभातकुमार झाले जानकारी दिए।

ढुंगाका कारण टायर पन्चर हुने, अपरेटर घाइते हुने जस्ता समस्या आएपछि थप दुई अपरेटर समेत खटाइएको छ। कुनै बाधा नआए आज रातिसम्म सडक खुल्ने विभागको विश्वास छ।

 

 

सम्बन्धित समाचार

ताजा समाचार