आज साँझ प्रधानमन्त्री कार्कीको राष्ट्र सम्बोधन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । सम्बोधनको सम्पूर्ण तयारी सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयमार्फत गरिएको छ।

गत २३ र २४ भदौमा जेनजीहरूको आन्दोलनपछि कार्की २७ भदौमा प्रधानमन्त्री बनेकी थिइन् । पद सम्हालेको केही दिनमै उनको सरकारले प्रतिनिधिसभा विघटन गर्दै आगामी फागुन २१ गते निर्वाचनको मिति तोकेको छ।

सम्बन्धित समाचार

ताजा समाचार