डिस्चार्ज हुँदै देउवा दम्पती, कहाँ बस्छन् ?

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा अस्पतालबाट आज डिस्चार्ज हुँदैछन् ।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीद्वारा शारीरिक दुव्र्यवहारको शिकार भएका देउवा दम्पतीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको र उपचारमा संलग्न चिकित्सकहरूले आजको स्वास्थ्यस्थिति विश्लेषण गरेपछि डिस्चार्ज हुने स्वकीय सचिव भानु देउवाले बताए । डिस्चार्जपछि उनीहरूको अस्थायी बसोबास ललितपुरमा हुने पनि उनले बताए ।

बूढानीलकण्ठको क्षतिग्रस्त घरको पुनःनिर्माणमा समय लाग्ने कारण उक्त घर तयार नहुञ्जेलका निम्ति देउवाको दम्पती त्यहाँ बस्ने तयारीमा रहेको नेपाली कांग्रेसका एक नेताले बताए । प्रदर्शनकारीले गरेको दुव्र्यवहारका क्रममा सभापति देउवाको गर्धनमा धारिलो हतियारले प्रहार भएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार