प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबीच भेट, भयो अर्थपूर्ण संवाद

काठमाडौं । अन्तरीम सरकारका प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच मंगलबार सिंहदरबारस्थित कार्यालयमा औपचारिक भेटवार्ता भएको छ।

सो भेटवार्तामा देशको पछिल्ला शान्ति तथा सुरक्षा परिस्थितिबारे विस्तृत छलफल भएको जानकारी प्राप्त भएको छ। यस भेटलाई हालको राजनीतिक परिस्थितिसँग जोडेर अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रधानमन्त्री कार्की भदौ २३–२४ गतेको जेन—जी आन्दोलनपछिको घटनाक्रमपछि सरकारको नेतृत्वमा आएकी थिइन्। उक्त आन्दोलनको मागअनुसार नेपाली सेनाको पहलमा उनलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो। यसै सन्दर्भमा, प्रधानसेनापति सिग्देलसँगको भेटले आगामी शान्ति सुरक्षा रणनीति र संवेदनशील राजनीतिक अवस्था व्यवस्थापनमा थप स्पष्ट संकेत दिएको विश्लेषकहरू बताउँछन्।

सम्बन्धित समाचार

ताजा समाचार