भारतीय कारको ठक्करबाट साइकल यात्री घाइते

कैलाली । कैलालीको अत्तरियामा भारतीय नम्बरको कारको ठक्करबाट साइकल यात्री घाइते भएका छन् ।

आइतबार बिहान युके ०३ डी ११७२ नम्बरको कारको ठक्करबाट गोदावरी नगरपालिका – २ तेघरीकी १९ वर्षीय रमिता कुन्जडा घाइते भएकी हुन ।

तेघरीमै बाटो काट्ने क्रममा कारले ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । घाइतेको टाउकोमा चोट लागेको र अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भइरहेको छ ।

कार चालक डडेल्धुराको अमरगढी नगरपालिका– ३ का दुर्गा प्रसाद उप्रेतीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार