महावीर पुन मन्त्री बन्दै ?

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन मन्त्री बन्न तयार भएका छन् । अहिले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय एउटै रहेकाले उनले विज्ञान प्रविधिमा मन्त्री बन्न राखेको प्रस्ताव स्विकार गरेका हुन् ।

वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन र ग्रामीण क्षेत्रमा ताररहित इन्टरनेट सेवा विस्तारमा अग्रणी भूमिका खेलेका पुनलाई रोमन म्यागासेसे पुरस्कारले समेत सम्मानित गरेको थियो।

२७ भदौमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिएकी छैनन् । हाल चार सदस्यीय रहेको मन्त्रिमण्डललाई पूर्णता दिन उनले निरन्तर संवाद गर्दै आएकी छन् ।

सानो आकारको मन्त्रीपरिषदलाई पूर्णता दिन ढिला भइसकेको भन्दै उनी दबाबमा छिन् ।

सम्बन्धित समाचार

ताजा समाचार