काठमाडौं । कीर्तिपुर वर्न अस्पतालमा उपचाररत नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार आएको छ।
कीर्तिपुर वर्न अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले नेता खनालकी पत्नी चित्रकारको स्वास्थ्यमा सुधार आउँदै गएको जानकारी दिए।
डा. ताम्राकारका अनुसार श्वासप्रश्वास नलीमा असर गरेको हुँदा उनको छाती हल्का सङ्क्रमण देखिरहेको छ। उनको जलनको घाउँमा डे«सिङ हुँने गरेको उनले जानकारी दिए ।
भदौ २४ गतेको हिंसात्मक प्रदर्शनका क्रममा आन्दोलनकारीले डल्लुस्थित झलनाथको घरमा आगो लगाउँदा समयमै बाहिर निस्किन नसक्दा उनी जलेर घाइते भएकी हुन् ।

