ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ ।

सुन एकैदिन एक हजार रुपैयाँले घटेर तोलाको दुई लाख १६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च दुई लाख १७ हजार एक सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि घटेको छ ।

चाँदी ४५ रुपैयाँले घटेर तोलाको दुई हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च दुई हजार पाँच सय ९५ रुपैयाँ थियो ।

सम्बन्धित समाचार

ताजा समाचार