काठमाडौंमा सुपथ मूल्य पसल शुरू

काठमाडौं । काठमाडौंमा सुपथ मूल्य पसल शुरू भएको छ। दसैं, तिहार नजिकिँदै गर्दा खाद्य संस्थानले थापाथलीस्थित कार्यालयमा सुपथ मूल्य पसल शुरू गरेको हो।

चाडपर्व लक्ष्य गरी काठमाडौंका विभिन्न ठाउँमा खाद्यले सुपथ मूल्य पसल सञ्चालन गर्छ। सुपथ मूल्य पसल सञ्चालन भएपछि बिहानैबाट किनमेल गर्न उपभोक्ताहरू आउन पनि थालेका छन्।

काठमाडौं बाहिर पनि खाद्यले सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ। हालैको प्रदर्शनको कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष दसैंमा खसी, बोका तथा च्याङ्ग्रा बिक्रीको तयारी स्थगित गरेको छ।

सम्बन्धित समाचार

ताजा समाचार