काठमाडौं । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरे लगत्तै आफुले गर्ने खास निर्णय सार्वजनिक गरेका छन् । सरकारले जेनजी आन्दोलनका मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने भएको छ ।
मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गृहमन्त्री अर्यालले गरेका छन् ।
शोक दिवस कहिले मनाउने भन्ने निर्णय मन्त्रिपरिषद्ले तय गर्ने जनार्यएको छ ।

