नियन्त्रणमा लिन खोज्दा भीरबाट हाम फालेका कैदी गम्भीर

काठमाडौं । बझाङमा कारागारबाट फरार भएका एक कैदी प्रहरीले नियन्त्रणमा लिन खोज्दा भीरबाट हाम फाल्दा गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का रोहित सुनार रहेको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

उनका अनुसार बित्थडचिर गाउँपालिका क्षेत्रमा प्रहरीले नियन्त्रणमा लिन खोज्दा सुनार करिब ३०० मिटर तल खसेका थिए । उनको ढाड र घाँटीमा गम्भीर चोट लागेको छ ।

हाल उनी सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् र स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार