काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवं पुर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् ।
सुमनाले गल्ति कहिल्लै नस्वीकारेको गल्तीमाथि गल्ति गरिरहेको भन्दै पार्टी छोडेको घोषणा गरेकी हुन् । उनले आफुले पार्टी छोडेको जानकारी रास्वपाका केन्द्रीय सदस्यहरूको ग्रुपमा जानकारी गराएकी छन् ।
सुमना यसअघि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोहमा समेत पुगेपछि उनले रास्वपा छोड्ने आकलन गरिएको थियो । सामाजिक सञ्जाल र मिडियामा उनले रास्वपा छोड्ने चर्चा भएपछि उनले शनिबार एक भिडियो जारी गर्दै आफुले सुशीला कार्कीलाई मन्त्री बनेर होइन पछाडीबाट सहयोग गर्ने बताएकी थिइन् ।

