नेपालकी प्रथम महिला प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

काठमाडौं । नेपालकी प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । आज बिहान ११ बजे सिंहदरबार पुगेर प्रधानमन्त्री उनले प्रधानमन्त्रीको पदभार ग्रहण गरेकी हुन् ।

जेनजी आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै आन्दोलनको म्यान्डेटअनुसार कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । कार्कीले मुलुकको ४२ औँ प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहणअघि प्रधानमन्त्री कार्की लैनचौरस्थित शहीद स्मारक पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन् ।

सम्बन्धित समाचार

ताजा समाचार