काठमाडौं । लगातार दुई दिन चलेको जेन-जी आन्दोलनमा मृत्यु हुनेको संख्या ३३ पुगेको छ। प्रदर्शनको पहिलो दिन सोमबार १९ जनाको मृत्यु भएको थियो भने मंगलबार यो संख्या ३० पुगेको थियो।
बुधबार पोखरा र ललितपुरमा जलेर मृत भेटिएका तीन शव थपिएका छन्। पोखराको लेकसाइडस्थित एक रिसोर्ट र नयाँबजारको एक सोरुममा दुई, र ललितपुर ढोलाहिटीमा गंगा दाहालको घरभित्र एक ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका अस्पतालमा १ हजार ६१ जना घाइते भर्ना भएका छन्, जसमा ७१९ जना डिस्चार्ज भइसकेका छन्।

