जेनजीका माग सम्बोधन गर्ने सन्दर्भमा परामर्श पनि शुरु

काठमाडौं । जेनजी अभियानको प्रदर्शनसँगै प्रधानमन्त्रीको राजीनामा, राजनीतिक रूपमा सृजित समस्या र नयाँ सरकार गठनका सन्दर्भमा उठेका विमर्शले देश नवीन मोडमा आइपुगेको छ । २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध जेनजी अभियानले भदौ २३ र २४ गतेको प्रदर्शनपछि सरकार नै ढलेपछि देश नयाँ राजनीतिक गन्तव्य उन्मुख भएको हो ।

जेनजी पुस्ताका माग सम्बोधन गर्ने सन्दर्भमा परामर्श पनि सुरु भएको छ । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेल र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबिच देशमा देखिएको राजनीतिक समस्या समाधान गरी संवाद र सहमतिका माध्यमबाट निकासको यात्रा प्रारम्भ गर्न निरन्तर विमर्श भइरहेको छ । उनीहरूबिच जेनजी पुस्तालाई विश्वासमा लिएर देशलाई निकास दिने दिशातर्फ अघि बढ्ने सन्दर्भमा गहन विमर्श भइरहेको हो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रको निकासका लागि संवाद भइरहेको पुष्टि गर्नुरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार